नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी
baahrakhari.com · Sun Sep 14 17:10:00 GMT 2025

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ । नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ ।
कम्पनीका अनुसार, चोरी भएका कार्डमध्ये सय रुपैयाँ मूल्यका ७० हजार र पाँच सय रुपैयाँ मूल्यका करिब दुई सय कार्ड चोरी भएका छन् । ती कार्डका श्रेणी नम्बर समेत सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)