संसदमा पुग्यो प्रहरी विधेयक, पेन्सनसम्बन्धी प्रावधान यस्तो छ
canadanepal.com · Tue Jan 28 17:30:00 GMT 2025
काठमाडौं - गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ ।
संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको छ । १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)