राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपति अयोग्य !
nagariknews.nagariknetwork.com · Tue Jan 28 15:30:33 GMT 2025

२०७८ फागुन १ मा दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपति नियुक्तिले प्रतिष्ठानको विकासमा टेवा पुग्ने लख काटियो। प्रतिष्ठानका नयाँ उपकुलपति डा. विकास लामिछानेलाई नेतृत्वका लागि योग्य र सक्षम व्यक्तिका रुपमा चर्चा मात्रै गरिएन, उनको प्रवेशले प्रतिष्ठान उँभो लाग्ने चर्चा बेस्सरी चल्यो।
यति सम्मकी यसअघिकी उपकुलपति संगिता भण्डारी भन्दा योग्य पात्रका रुपमा चित्रण गरेका केहीले त ‘भण्डारीले लथालिङ्ग पारेको’ प्रतिष्ठानलाई सही बाटोमा फर्काउन सक्ने ‘तागतदार’ उपकुलपतिका रुपमा लामिछानेलाई अर्थ्याउन सम्म भ्याए। त्यो बेला तत्कालीन उपकुलपति भण्डारीले प्रतिष्ठानलाई भड्खालोमा हालेको भनेर आरोप निकै लाग्ने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)