वैदेशिक रोजगारीका नाममा ६६ लाख ठगी गर्ने गिरोह पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jan 28 15:12:21 GMT 2025

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने एक भारतीय नागरिकसहित ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित रायलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)