दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण
ratopati.com · Thu Jun 20 17:49:00 UTC 2024

दोलखा । दोलखामा भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण भएको छ । असार ५ गते बुधवार भीमेश्वर नगरपालिकामा सुरु गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटु रोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।
आज दोलखाको शैलुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको शिविरमा संलग्न डाक्टर तथा मुटु रोग विशेषज्ञ प्रेमराज वैद्यले बताए । दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको बुधवार चरिकोटस्थित कालिन्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको शिविर आयोजनाका समन्वयकर्ता दोलखाका बुद्धिजीवी तथा राप्रपाका नेता कुमार कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)