अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्न सरकारलाई आग्रह
ekantipur.com · Sun Sep 14 17:37:55 GMT 2025

काठमाडौं — अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आग्रह गरेको छ ।
नाडाले आइतबार विज्ञप्ति जारी गर्दै हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको बताउँदै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको । घटनाबाट प्रभावित सम्पूर्ण परिवारलाई समवेदना प्रकट गरेको छ । उक्त घटनाबाट मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)