बराबरीमा रोकियो इंग्ल्यान्ड
ratopati.com · Thu Jun 20 18:04:00 UTC 2024
काठमाडौँ । युरो २०२४ को दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा डेनमार्कसँगको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो । १८ औँ मिनेटमा ह्यारी केनले टोलीलाई अग्रता दिलाए । योसँगै केन इंग्ल्यान्डका लागि चारवटा मुख्य प्रतियोगितामा गोल गर्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यो उपलब्धि यसअघि माइकल ओवेन र वेयन रुनीले हासिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)