मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश

rajdhanidaily.com · Tue Jan 28 23:01:11 GMT 2025

पोखरा । सूर्यदर्शन सहकारी ठगीसमेत मुद्दामा जिल्लाको आदेश खारेजभागी माग गर्दै पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा दिएको निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।

मंगलबार मिलनकुमार राईको इजलासले नेपाल सरकार वादी तथा लामिछानेसमेत प्रतिवादी भएको सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा सुरु जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो । उच्च अदालतका सूचना अधिकारी एवं उपरजिस्ट्रार नील पनेरुले न्यायाधीश राईको इजलासले जिल्लाबाट सो मुद्दाको कैफियत प्रतिवेदन माग्ने आदेश दिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)