सुकुम्बासीहरुलाई जग्गा प्राप्तिका लागि आवेदन आह्वान, ३५ दिनभित्र फारम भर्नुपर्ने
kendrabindu.com · Mon Jul 20 08:44:34 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा उपलब्ध गराउने तथा व्यवस्थित गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरेको छ।
समितिले एक सार्वजनिक सूचना जारी गर्दै भूमिहीनहरूलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। लगत संकलनको दोस्रो पटकको सूचना प्रकाशन भइसकेका स्थानीय तहहरूको हकमा भने यो सूचनालाई नै अन्तिम पटकको मौका मानिने समितिले प्रष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)