स्पेनमा रहेका नेपालीलाई राहदानी संकट, यथाशीघ्र पहलको माग
barnanmedia.com · Sun Feb 08 22:08:20 GMT 2026

स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ नेपाली उत्साहित भएका छन् । तर सो अवसरका लागि आवश्यक कागजातका रूपमा नयाँ राहदानी अनिवार्य गरिएपछि नेपाली आप्रवासी गम्भीर समस्यामा परेका छन् ।
स्पेनमा बसोबास गर्दै आएका रजिन्द्र बस्नेतले जारी गरेको सार्वजनिक विज्ञप्तिमा नेपाल सरकारसँग यथाशीघ्र पहलको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी जुन देशमार्फत स्पेन आएका हौँ, त्यही देशको प्रहरी रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था छ । तर उक्त रिपोर्ट झिकाउन असमर्थ भएकाले हामीलाई नयाँ राहदानी अत्यावश्यक भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)