पुसको १६ दिनमा २९ अर्ब ३० करोड राजस्व संकलन, लक्ष्य भेटाउन ७१ प्रतिशत बाँकी
baahrakhari.com · Mon Jan 02 00:30:00 GMT 2023
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पुस १ गतेदेखि १६ गतेसम्म २९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा राखिएको लक्ष्यको २८.७७ प्रतिशत मात्र हो । सरकारले पुस महिनामा एक खर्ब ८७ अर्ब ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
पुस महिनामा सरकारले राखेको लक्ष्य भेट्टाउन बाँकी १४ दिनमा एक खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ राजस्व असुली हुनुपर्छ । पुस मसान्तसम्म राजस्व बुझाउनेलाई आन्तरिक राजस्व विभागले विभिन्न छुट सुविधा ल्याएको छ । यस्ता छुट सुविधाले पन यो महिना लक्ष्य अनुसार राजस्व नउठेपनि लक्ष्यको नजिक पुग्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)