मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हरिजनका नाममा छुटेका शाह भारतीय कारागारमा

ekantipur.com · Tue Jun 07 00:54:46 GMT 2022

काठमाडौँ — रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११ लाख रुपैयाँ जम्मा भएको पनि खुलेको छ ।

कारागार प्रकरणबारे थप प्रमाण जुटाउन नेपाल प्रहरीको अनुसन्धान टोली शाहलाई भेट्न भारत जाने तयारीमा रहेको स्रोतले जनाएको छ । शाहका नाममा रकम जम्मा गर्ने व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । ‘प्रहरीको फरार सूचीमा रहेको व्यक्तिका नाममा किन र केका लागि रकम जम्मा भयो भन्ने विषय पनि शंकास्पद देखिन्छ,’ स्रोतले भन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)