आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
ratopati.com · Sun Sep 20 22:31:32 GMT 2026

बाँके । स्तन क्यान्सर पहिचान भएपछि निराश भएकी नेपालगन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेकी छन् ।
दुई वर्षअघि शल्यक्रिया गरेकीका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएकी छिन् । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उनलाई ठुलो राहत मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)