मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

barnanmedia.com · Sun Feb 08 22:33:57 GMT 2026

जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुुनका्े प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

ज्येष्ठ नागरिकका हकअधिकारलाई लक्षित गरी विभिन्न कानुन बनेको उल्लेख गर्दै वक्ताहरुले ती कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिक आफ्ना हक तथा अधिकारबाट वञ्चित बनेका बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकको संविधान र कानुनले व्यवस्था गरेका सेवा सुविधाको निशर्त कार्यान्वयन हुनुपर्ने भन्दै विभिन्न कार्यालय र सरोकारवाला यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)