मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार
barnanmedia.com · Sun Feb 08 22:37:56 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरीका ६० जनाले हतियार राख्ने इजाजत लिएकामा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालमा उक्त सङ्ख्यामा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । उहाँका अनुसार इजाजत लिएका हतियार बुझाउने क्रम अझै जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)