छयालिस लाख रकाजश्व सङ्कलन
barnanmedia.com · Sun Feb 08 22:53:11 GMT 2026

एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको हो ।
साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)