गर्मीका कारण गौशाला नगरपालिकाका सबै विद्यालय पाँच दिन बन्द
gorkhapatraonline.com · Thu Jun 04 12:06:32 GMT 2026

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीका अनुसार पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि बिदा दिने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं
मौसम