मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मधुमेह रोग रोकथाममा हाम्रो भुमिका 

swasthyakhabar.com · Thu Aug 11 00:16:00 GMT 2022

बदलिँदो जिवनशैलि,आहारबिहार, बिचार र व्यवहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ। मधुमेहलाई चिनि रोग, सुगर, डाइबिटिज आदि नामले चिन्ने गरिन्छ। सामान्य रुपमा सशीर भारी हुने, मुख सुक्ने, पिसाब लागि रहने, मोटो पन बढ्ने,भोक लागिरहने जस्ता लक्षणका साथ प्रयोशालामा रगत परीक्षण गर्दा रगतमा चिनिको मात्रा आवश्यक भन्दा धेरै देखिएमा मधुमेह भएको मानिन्छ।

मधुमेह मुख्य रुपमा २ प्रकारका हुन्छ्न। प्याङक्रियाजले शरीरमा चाहिने मात्रामा इन्सुलिन उत्पादन गर्न सकेन भने त्यस्तो कारणबाट भएको मधुमेहलाई टाइप १ डाइबिटिज भनिन्छ भने प्याङ्कृयाजले प्रयाप्त इन्सुलिन पैदा गर्दा पनि रक्तकोषिकाहरुले ग्रहण गर्न नसकेको अवस्थाको मधुमेहलाई टाइप २ डाइबिटिज भनिन्छ। यी दुबै प्रकारका मधुमेहको मुख्य कारण असन्तुलित आहार,शारीरिक निष्क्रियता, अव्यवस्थित दिनचर्या, अनियमित निद्रा र मनको चंचलता नै हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)