अब डिजिटल कारोबार गर्दा कति शुल्क लाग्छ ? क्लियरिङ हाउसले तोक्यो नयाँ दर
ictsamachar.com

काठमाडौं । डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत हुने कारोबारमा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीअनुसार शुल्क कारोबारको रकम, प्रयोग गरिएको प्रणाली र सेवाको प्रकारअनुसार फरक फरक हुनेछ ।
एनसीएचएल-ईसीसी (विद्युतीय चेक क्लियरिङ) अन्तर्गत नेपाली मुद्राको नियमित चेक क्लियरिङमा ५०० रुपैयाँसम्मको कारोबार नि:शुल्क हुनेछ । ५०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ, ५० हजारदेखि २ लाख रुपैयाँसम्म १० रुपैयाँ र २ लाख रुपैयाँभन्दा माथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)