राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने
baahrakhari.com · Mon Jul 14 17:58:11 GMT 2025
काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार हुने भएको छ । जहाँ २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतवार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १०० खेलाडी सहभागी थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत गिनिज वर्ल्ड रेकर्ड्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)