देउवासँग ओलीको गुनासो : राष्ट्रपतिको मानमर्दन गरियो
ratopati.com
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादतान्ने गरीमा तान्नेगरी विधेयक पास गराएको भन्दै आपत्ति जनाए।
'राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेषको हुन्न । हिजोपनि हामीले राष्ट्रपतिको मानसम्मान गरेका थियौं तर आज बहुमतका आधारमा जे गरिँदैछ, त्यो बेठीक छ। त्यसलाई सच्याउनु आवश्यक छ,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)