मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट र राजस्व तिर्न मिल्ने ‘मेरो कित्ता’ एप सञ्चालनमा

techpana.com · Thu Jun 04 11:57:16 GMT 2026

काठमाडौँ । जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर लिन मिल्ने सुविधासहित ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार नापी विभागले उक्त एप सार्वजनिक गरेको हो ।

विभागका अनुसार यो एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिने छ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)