हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव
deshsanchar.com · Thu Mar 27 17:35:43 GMT 2025

हुम्ला – हिल्सा–सिमकोट सडक आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभाव हुने गरेको छ। आयोजनाको सिमकोट कार्यालयले बर्सेनि माग अनुसारको बजेट सरकारले उपलव्ध गराउन नसकेपछि सधैँ बजेट अभाव खेप्नुपरेको हो।
योजनाअनुसार बजेटको ब्यवस्था पनि हुन सकेको छैन। यी सबै आयोजना सम्पन्न गर्नका लागि एक अर्ब ८२ करोड बजेको दायित्व आयोजनासँग रहेको आयोजनाका योवजना प्रमुख वेलबहादुर नेपालीले बताए। तर चालु आर्थिक वर्षमा गौरवको आयोजना सडकतर्फ ३४ करोड ९९ लाख र पुलतर्फ सात करोड ९० लाख बजेट मात्र निकासा आएको छ। उनले बजेट अभाव कै एउटा पुल र दुई वटा सडकको अन्तिम मुल्याङ्कन भएर पनि बिल उठिसके पनि भुक्तानी दिन नसकिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)