मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेवारी परिकारः धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

deshsanchar.com · Wed Jan 29 17:15:16 GMT 2025

मलेखु (धादिङ) –नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ। समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो।

महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ। स्टलमा खटिएर स्वाद चखाउँदै गर्नुभएका हरिकुमार श्रेष्ठले भने, “यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ।” महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)