धनगढीमा डीसीए कप : पञ्चोदय र नेपाल पुलिसको जीत
ratopati.com · Sat Jan 21 19:53:00 GMT 2023
धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वाँर स्मृति डीसीए कप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा पञ्चोदय मावि र नेपाल पुलिस क्लबले जीत हात पारेका छन् । नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसको जनक विष्टले ३६, शंकर बोहराले १९ र सन्तोस बलमे १४ रन जोडे । धनगढी नमुना इलेन सिंहले ४, जीवन कार्की र सागर मल्लले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको धनगढी नमूना स्कुलले १४.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमात्रै बनाउन सक्यो । धनगढीका किरण कार्कीले ३२ बलमा ५ चौकासहित २८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । पुलिसका प्रदीप सिंहले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच पुलिसकै जनक विष्ट चुनिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)