सोनाम वाङ्चुकको अनशनले भारतीय राजनीतिमा नयाँ हलचल
nepalviews.com · Mon Jul 20 10:16:19 GMT 2026

पर्यावरण अभियन्ता तथा शिक्षा सुधारक सोनाम वाङ्चुकको आमरण अनशनले भारतीय राजनीतिमा नयाँ हलचल पैदा गरेको छ । सोमबार प्रदर्शनकारीले जन्तरमन्तरदेखि संसद् भवनसम्म करिब १.५ किमी सडक ढाँकेर अनसशनको समर्थनमा प्रदर्शन गरे । प्रदर्शनमा अधिकांश युवा विद्यार्थी तथा जनता कक्रोच पार्टीका समर्थक सामेल छन् ।
सोमबार वाङ्चुकको अनशन २३ दिन पुगको छ । उनको स्वास्थ्य स्थिति बिग्रदै गएपछि १९ औं दिनमा प्रहरीले अनशन स्थल जन्तरमन्तरबाट उठाएर उनलाई अस्पताल लगेको थियो । अस्पतालमा पनि उनले अनशन तोड्न अस्वीकार गरका छन् । वाङ्चुकले भनेका छन्– ‘म अस्पताल नामको जेलमा छु । तर, यहाँ पनि मैले अनशन तोडेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)