मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधारको बजेट बाँडफाँट तयारी

ekantipur.com · Mon Jan 29 01:02:01 GMT 2024

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बाँडफाँटका लागि विद्यालयसँग प्रस्ताव माग गरेको छ । अख्तियारले पहुँचका आधारमा मन्त्रालयबाट कार्यक्रमको बजेट वितरण हुने गरेको ठहर गर्दै बजेट निर्माणकै क्रममा विद्यालय छनोट गरी वित्तीय हस्तान्तरण गर्न सुझाव दिएको थियो ।

शिक्षा मन्त्रालयले भने पुरानै शैलीमा बजेट वितरण गर्न प्रस्ताव माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)