कार्यदलबाट जोगिए ओली राष्ट्रसंघमा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्नू ,बालेनलाई रास्वपाको निर्देशन
barnanmedia.com · Sun Sep 20 23:58:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभामा उठाउनुपर्ने विषयमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई निर्देशन दिएको हो। रास्वपा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्मानीय प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोसी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीकि परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)