मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र

ratopati.com · Fri Dec 26 19:42:20 GMT 2025

चितवन । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त घोषणा गरेको हो ।

देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र बनाउने अभियानमा देवघाट क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकासहित विभिन्न धार्मिक आश्रम, डब्लुडब्लुएफ, ‘सहमति संस्था’ तथा ‘नदीसँगै हामी’ अभियानलगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)