मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियमावलीका आधारमा ३० वर्षे सेवावधि लागू गर्न मिल्दैनः सर्वाेच्च अदालत

barnanmedia.com · Thu Aug 22 23:34:22 UTC 2024

सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ । साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिन आज अन्तरिम आदेश दिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उहाँहरुलाई भदौ १६ गते अवकाश हुने भनी गरिएको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)