आत्मनिर्भरताको आधार बन्दै ढाका उद्योग
karobardaily.com · Sun Mar 21 17:40:57 GMT 2021
हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरूले आपूmले लगाउने लत्ताकपडा, जुत्ताचप्पल, पैसो बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाडी आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरू कुरो (अल्लो÷सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदिलाई छाडेर तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभालगायत लिम्बुवान क्षेत्रमा ढाका भनेर चिनिने हातले बुनिने कपडा अर्थात् हाते तानबारे केही लेख्ने जमर्को गरिएको छ । हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर ढाकालाई चिनिन्छ । लिम्बू भाषामा ‘थाक थाक्मा’ तान बुन्नु÷तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको भए तापनि लिम्बू, कुलुङलगायत प्रायः सबै किरातीहरूमा प्रचलनमा रहेको ढाका कपडा अलि अघिसम्म गाउँघरमा आम प्रचलनमा रहेको थियो । तानमा बुनेको हाते टोपी आम रूपमा लगाउने गरिन्थ्यो ।
पछि ‘पाल्पाली ढाका’ र ‘तेह्रथुमे ढाका’लाई व्यावसायिक र ब्रान्डकै रूपमा नेपाल मात्रै नभएर विदेशमा समेत चिन्ने गरिन्थ्यो । सम्भवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङ्फेले तेह्रथुममा ढाकालाई व्यावसायिक रूपमा सुरु गरिन् भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झन्डै ३१÷३२ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर÷खोलेर ढाका कपडा बुन्ने उद्योग सञ्चालन गरेकी थिइन् । त्यस्तै पाँचथर जिल्लाको थर्पु गाउँकी कल्पना योङहाङ पनि वि.सं. २०६२÷०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिपरेकी छिन । कल्पनाले नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागिपरेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन् । हाल काठमाडांैको गोकर्णेश्वरलगायतका स्थानमा उनले ढाका कपडा उद्योग सञ्चालन गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)