सम्पदा परियोजना कार्यशालाका लागि आवेदन खुला
ratopati.com · Mon Dec 22 20:36:40 GMT 2025

काठमाडौँ । नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदा: समृद्धिका लागि धरोहर’ नामक तीन दिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ । यो कार्यशाला २०२६ जनवरी २१ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।
बुझाइ, अन्वेषण र कार्यान्वयन गरी तीन विषयगत चरणमा केन्द्रित यो कार्यशालाले सहभागीलाई दिगो विकास र साझा समृद्धिको बृहत् सन्दर्भमा सम्पदासम्बन्धी कार्यलाई अघि बढाउन मद्दत गर्ने उद्देश्य राखेको काउन्सिलले जानकारी दिएको छ । सहभागीले प्रस्तुतीकरण, प्यानल छलफल र केस स्टडीमार्फत तल्लो तहका अवसर तथा चुनौतीको खोजी गर्नेछन्, उत्कृष्ट अभ्यासको समीक्षा गर्नेछन् र समावेशीकरण एवं जलवायु परिवर्तनजस्ता मुद्दालाई सम्बोधन गर्ने ब्रिटिस काउन्सिल नेपालका कला प्रमुख न्हुजा तुलाधरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)