आजदेखि सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’
kalakarmi.com · Thu Aug 22 23:50:13 UTC 2024

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् ।
प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै वटा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले बाबु तथा छोरीबीचको स्नेही सम्बन्ध तथा समाजमा पितृसत्तात्मक सोचविरुद्धको संर्घष कथा बोलेको छ भने ‘नमेटिने घाउ’ मा समाजको विसंगतिको रुपमा रहेको एसिड आक्रमणमा परेका सर्भाइभरहरूको वास्तविक जीवनीलाई चित्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)