मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय परिषद्मा देउवा पक्षको बहुमत, न्यायाधीश मल्लको भूमिका के होला?

barnanmedia.com · Wed Jan 29 22:22:07 GMT 2025

न्याय परिषद्मा नेपाली कांग्रेस र त्यसमा पनि सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत भएको छ ।

रामप्रसाद श्रेष्ठ ४ वर्षे कार्यकाल सकेर बिदा भएपछि उनको ठाउँमा देउवाको बूढानीलकण्ठ निवासनजिकैका दामोदर खड्का सदस्य भएर आएका छन् । नेपाल बार एसोसिएसनको सिफारिसमा उनी न्याय परिषद् सदस्य नियुक्त हुँदै छन् । यही माघ २० गते संसदीय सुनुवाइ भएपछि उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन् । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार भएकाले संसदीय सुनुवाइबाट उनी रोकिने सम्भावना क्षीण छ । त्यसमाथि उनका विरूद्ध कुनै उजुरी परेको छैन । उजुरी नपर्नुको अर्थ यो होइन कि उनी निर्विवाद छन् । संसदीय समितिले राजनीतिक निर्णय गर्ने भएकाले बरू उजुरी दिनुको कुनै अर्थ छैन भनेर नपरेको बुझ्न गाह्रो छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)