दुई दशकपछि थुम्कामा खुसी
gorkhapatraonline.com · Mon Sep 21 00:28:06 GMT 2026

बर्सौंदेखि सुनसान रहेको नमोबुद्ध नगरपालिका–५, कानपुर कालापानीस्थित थुम्का गाउँमा दुई दशकपछि चहलपहल बढेको छ । हरेक चाडपर्वमा सुनसान हुने थुम्का गाउँमा धेरै वर्षपछि पुरोहितले यजमानको घरमा कुश लिएर जान पाएका छन् भने गाउँका चौतारामा बर्सौंपछि तिजको गीत घन्किएको छ । गाउँबाट सहर पलायन भइरहेका मानिस फर्किएर गाउँलाई उज्यालो पार्न थालेसँगै चहलपहल बढाएको छ । सोह्रश्राद्ध सकिएपछि गाउँमै लिङ्गेपिङ हाल्ने सल्लाह हुन थालेको छ भने बर्सौंदेखि लिपपोत हुन नसकेको घरमा कमेरो लगाउने सुरसारमा स्थानीय बासिन्दा जुटेका छन् ।
दुई दशकपछि आफ्नै गाउँमा तिज मनाउन पाउँदा मञ्जु, मन्दिरा र जानुका मैनालीलगायत चेलीहरू खुसी भएका छन् । बसाइँसराइका कारण बर्सौंदेखि टाढिएका चेलीहरू तिजको अवसरमा गाउँमा भेला भएपछि पुराना आफन्त र छिमेकीसँग भेटघाटसमेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)