लोन नै नभएको गाडीको किस्ता नतिरेको भन्दै तान्न ‘बाउन्सर’
barnanmedia.com · Wed Jan 29 23:45:56 GMT 2025

बैंकमा लोन नै नभएको गाडीको किस्ता नतिरेको भन्दै हिमालय बैंकले गाडी तान्न खोजेको दाबी गर्दै लोक तथा दोहोरी गायक भरत क्षेत्रीले कानुनी उपचार खोज्ने बताउनुभएको छ । बैंकिङ प्रणालीमा विश्वास खस्काउने गरी हिमालयन बैंकको लापरबाहीपूर्ण कार्यको आफू शिकार भएको उहाँको गुनासो छ । बैंकको यस्तो कार्यले आफूलाई असुरक्षित बनाएको भन्दै क्षेत्रीले कानुनी उपचारका लागि प्रहरीमा जाहेरी दिइसकेको बताउनुभएको छ ।
क्षेत्रीले बैंकले मानसिक र शारीरिक तनाव दिएको र आफू असुरक्षित भएको भन्दै मंगलबार इलाका प्रहरी कार्यालय देवदहमा जाहेरी दर्ता गराउनुभएको हो । बैंकले गल्ती स्वीकार्दै मिलेर समाधान गर्ने प्रस्ताव राखे पनि आफूलाई निरन्तर असुरक्षित महसुस भएको र केही दिनदेखि निगरानीमा राखिएको भनाइ छ । गायक क्षेत्रीले भन्नुभयो, ‘मलाई बैंकले केही दिनदेखि नै निगरानीमा राखेको रहेछ, म र श्रीमती बुटवल जाने क्रममा देवदहको जंगलमा ओभरटेक गर्दै लोन नै नभएको बैंकको किस्ता किन नतिरेको भन्दै मेरो गाडीको चाबी खोजियो । यो घटनाले मैले असुरक्षित महसुस गरेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)