मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको ‘उपाधि सपना’ १३औं पटक पनि अधुरै

rajdhanidaily.com · Wed Feb 26 23:14:45 GMT 2025

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि बुधबार साँझ सम्पन्न प्रतिस्पर्धामा नेपाल म्यानमासँग २–० गोलअन्तरले पराजित हुन पुगेको हो । यसस“गै नेपाल १३औं पटक फाइनलमै पराजित भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर विगतमा १२ विभिन्न प्रतियोगितामा फाइनलमा पराजित भएको पीडाको मलहम लगाउने अवसर घरेलु मैदानमा पनि नेपालले गुमाउन पुग्यो । म्यानमाका लागि खेलको ६२औं मिनेटमा साढे १५ हजार दर्शकसामु नोपो खिनेले सुरुवाती गोल गरिन् । १ गोलको अग्रता लिएर हौसिएको म्यानमाका लागि लगत्तै २ मिनेटपछि कप्तान विन तुनले दोस्रो गोल गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)