मौसमी आपत् र सतर्कता
annapurnapost.com · Mon Sep 21 00:21:00 GMT 2026

परार सालमात्रै हो धादिङको झ्याप्ले खोलामा पहिरोले बस पुर्दा ३५ जनाले ज्यान गुमाएका थिए। रातिको समयमा पहिरो आएको थाहा नपाउँदा केही बस पुरिए र मानिसहरूको ज्यान गयो। अर्थात् वर्षाको बेला नेपालका राजमार्गहरूको यात्रा सुरक्षित छैन भन्ने सन्देश त्यो घटनाले दियो।
पहिरो जति बेला पनि र जहाँ पनि जान सक्छ। पानी पर्ने अनुमान गर्न सकिए पनि पहिरो कुनकुन ठाउँमा कतिकति बेला जाला भन्ने यकिनै गर्न अझै मुस्किल छ। त्यो घटनाबाट पाठ सिकेको नेपाल सरकार केही सतर्क बनेको छ। यसै वर्ष बर्खा लाग्दा र धेरै पानी पर्ने सम्भावना हुँदा पृथ्वी राजमार्गलगायत देशका प्रमुख राजमार्गहरूमा राति यातायातका साधन चल्न रोकियो। यही सतर्कताले अघिल्लो वर्षमा जस्तो राजमार्गहरूमा गुड्दागुड्दैका बस पहिरोले पुरिएनन्, र यात्रुहरूको ज्यान गएन। दुई÷तीन महिनाअघि मात्रै पनि गृहमन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले ठूलो वर्षा हुने यकिन भएका दिनमा राजमार्गहरूमा सतर्कता अपनाए। फेरि अबको केही दिन मुलुकैभरि भारी वर्षाको सम्भावना जल तथा मौसमय विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)