वाइडबडी जहाज ग्राउन्डेड हुँदा निगमलाई तीन सातामा करीब ४० करोड नोक्सान
kendrabindu.com · Mon Sep 21 00:44:35 GMT 2026

काठमाडौं । दुईवटै वाइडबडी जहाज ग्राउन्डेड हुँदा नेपाल वायुसेवा निगमले तीन सातामै ४० करोडभन्दा बढी कारोबारको नोक्सानी बेहोरेको छ। निगमका अनुसार ग्राउन्डेड भएका जहाज मर्मतमा लाग्ने कम्तीमा ५० करोडसमेत जोड्दा निगमलाई कम्तीमा ९० करोड रुपैयाँ बराबरको वित्तीय भार पर्नेछ।
गुमेको कारोबार, सम्भावित मर्मत खर्च र यात्रु व्यवस्थापनमा भइरहेको अतिरिक्त खर्चलाई जोड्दा निगमको वित्तीय भार कम्तिमा ९० करोड रुपैयाँ पुग्ने निगमका एक इन्जिनियरले बताए। ‘यो प्रारम्भिक अनुमान हो, वास्तविक नोक्सानीका लागि निगमको आधिकारिक वित्तीय विवरण, मर्मत लागत र यात्रु व्यवस्थापनको पूर्ण हिसाब आउनुपर्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)