भोटेकोशी बाढीले क्षतिग्रस्त सडक : दसैँअघि नै पुनर्निर्माण
gorkhapatraonline.com · Mon Sep 21 00:42:10 GMT 2026

भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नुभएको छ । हजारौँ नागरिक विस्थापित भएका र अर्बौंको क्षति भएको यस प्राकृतिक विपत्पछि दसैँको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सडक विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)