पार्टी पुनर्गठनको मुद्दा थाती, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आह्वान
annapurnapost.com · Mon Sep 21 00:38:01 GMT 2026

काठमाडौं : फागुन २१ को निर्वाचनमा लज्जास्पद हारपछि एमालेमा तातेको पार्टी पुनर्गठनको बहस तत्काललाई थाती राखिएको छ। आइतबार बसेको सचिवालय बैठकले पुनर्गठनको मुद्दा थाती राख्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो। बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको कार्यदल प्रतिवेदन स्वीकार गरेको जानकारी दिए। उनले भने, ‘आठौं सचिवालय बैठकले ४ महिना लगाएर जुन प्रतिवेदन तयार गर्यो, त्यो सर्वसम्मत रूपमा बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्यो।’ उनले पार्टी पुनर्गठन तथा नेतृत्व मतभेद विषय प्रतिवेदनबाट हटेको पनि जानकारी दिए। उनले कार्यदलको बैठकमा लामो बहसपछि नेतृत्वको विषय सर्वसम्मत रूपमा हटाइएको जानकारी दिए। ‘पुनर्गठन र नेतृत्वसम्बन्धी मतभेदको विषय प्रतिवेदनबाट हटेका छन्,’ उनले भने, कार्यदलको बैठकबाटै ती विषय हटाइएको हो।’ सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय भने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)