जहाँ एम्बुलेन्सको धन्दा चलेको छ
annapurnapost.com · Thu Feb 01 00:53:48 GMT 2024
जनकपुरधाम : राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भन्छ– एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने संस्थाले जिल्ला र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिबाट अनुमति लिनुपर्छ। तर, धनुषामा भने व्यक्तिगत रूपमा एम्बुलेन्स खरिद गरी ‘मनलाग्दी’ भाडा असुल गर्ने काम भइरहेको छ। विभिन्न संस्थाले अनुदान वा सहुलियत दरमा खरिद गरेका एम्बुलेन्स व्यक्तिलाई बेच्ने र उनिहरूले एम्बुलेन्सको ‘धन्दा’ चलाइरहेका छन्।
को १ च ६२७४ नम्बरको एम्बुलेन्स कोशी प्रदेशमा दर्ता छ। तर, धनुषाका अरुण कापरले खरिद गरेर जिल्लामा चलाइरहेका छन्। ना २ च ८८५५ नम्बरको एम्बुलेन्स साविकको नारायणी अञ्चलमा दर्ता छ। तर, धनुषाकै राजेश यादवले खरिद गरी सञ्चालन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)