भोटेकोशी हिमबाढी : एक हजार ४३६ शव फेला
gorkhapatraonline.com · Mon Sep 21 00:54:38 GMT 2026

भोटेकोशी हिमबाढी आएको झन्डै एक महिना हुन लाग्दा पनि मानवीय क्षतिको यकिन विवरण आउन सकेको छैन ।
बाढी प्रभावित विभिन्न जिल्लाबाट आइतबारसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ भने पाँच हजार ८७५ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले बगाएका तथा क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङ अहिले पनि बेपत्ताको खोजीका मुख्य केन्द्र बनेका छन् । अप्पर त्रिशूली–१ को अडिट–३ सुरुङबाट मात्रै हालसम्म २४ शव फेला परेका छन् । थप खोजी गर्ने क्रममा सुरुङभित्र करिब दुई किलोमिटर भाग सफा गरी स्टिलको जाली काटेर अघि बढ्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)