५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउँदै
annapurnapost.com · Mon Sep 21 00:42:13 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्य भागमा सगरमाथाको चित्र छ। उक्त नोटको बायाँ भागमा ‘५०’ अंकको पानी छाप छ भने गभर्नरको दस्तखतसँगै विक्रम संवत् २०८२ रहेको छ।
उक्त नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। नेपाल राष्ट्र बैंकको अंग्रेजी नाम र ५० रुपैयाँ जनाउने शब्द र प्रकाशन वर्षसमेत नोटमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)