एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
barnanmedia.com · Mon Sep 21 00:45:30 GMT 2026
काठमाडौं । खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका हुन् । राष्ट्रिय खेलकुद परिषद् र बसन्त रिजालको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)