स्पेनी ला लिगा : हारपछि रियल म्याड्रिड तेस्रो स्थानमा
kendrabindu.com · Mon Sep 21 00:56:19 GMT 2026
काठमाडौं । एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको तनावपूर्ण डर्बीमा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको छ । प्रशिक्षकमा जोसे मउरिन्हो आएयता लिगमा रियलको यो दोस्रो हार हो र शीर्षमा रहेको बार्सिलोनासँग रियल अहिले नै छ अंकले पछाडि परेको छ ।
खेलको अन्त्यमा रियल दस खेलाडीमा सीमित रहेको थियो । डिन हाइसन रातो कार्डमा मैदान छाड्न बाध्य रहे । एटलेटिकोका लागि एलेजान्ड्रो ग्रिमाल्डो र जोनाथजन डाभिडले गोल गरे । रियलका तर्फबाट एन्टोनिओ रुडिगरले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)