प्रदेश १ को नाम 'कोशी'
Ujyaaloonline.com · Wed Mar 01 16:58:47 GMT 2023
काठमाण्डौ - प्रदेश १ को 'कोशी' कायम भएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले नाम पाएको हो ।
प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको हो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)