२०औं एसियाली खेलकुद : निराशामै सकियो नेपालको पहिलो दिन
annapurnapost.com · Mon Sep 21 00:59:52 GMT 2026
नागोया : जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा नेपालका लागि आइतबार पदकको आशा गरिएको दिन थियो। विशेषगरी करातेकी एरिका गुरुङमाथि सबैले पहिलो एसियाली खेलकुद स्वर्णको ठूलो आशा राखेका थिए। तर, दिनको प्रतिस्पर्धा सकिँदै जाँदा नेपालको स्वर्णको आशा अधुरो बन्न पुग्यो। सेमिफाइनलमा पराजित भएकी एरिका कांस्य पदक भिडन्तमा पनि पछि परिन्। अर्को पदकको आशा गरिएको करातेकी सानुमाया थिङ र उसुका विजय सिञ्जालीले पनि नेपालीलाई खुसी दिलाउन सकेनन्। उनीहरू दुवैको प्रदर्शन सुखद बन्न सकेन।
आइतबारको नेपाली प्रदर्शनको केन्द्रमा रहेको करातेमा एरिकाले सुरुवात भने प्रभावशाली गरेकी थिइन्। महिला ६८ केजीमाथिको कुमितेमा उनले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्। हाङझाउ एसियाडमा रजत पदक जितेकी एरिकाबाट यसपटक स्वर्णको अपेक्षा गरिएको थियो। तर, सेमिफाइनलमा पुग्दा उनको सामना काजाखस्तानकी सोफ्या बेरुल्त्सेभासँग भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)