व्यवसायीलाई सचेत गराउँदै म्याग्दी उद्योग वाणिज्य संघ
gorkhapatraonline.com · Mon Sep 21 01:11:56 GMT 2026

म्याग्दी उद्योग वाणिज्य संघले बेनी बजार क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यावसायिक सचेतना तथा कानुनी मापदण्डबारे सुसूचित गराउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको छ। संघले बेनी नगरपालिका–७ र ८ का उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी सचेतनामूलक पर्चा वितरणका साथै अभिमुखीकरण सुरु गरेको हो।
संघले तयार गरेको तालिकाअनुसार असोज ४ गते (आइतबार) बिहानदेखि सदरमुकाम बेनी बजार क्षेत्रका वडा नम्बर ७ र ८ मा एकैसाथ स्थलगत भेटघाट तथा पर्चा वितरण सुरु गरिएको हो। वडा नम्बर ७ मा संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र वडा नम्बर ८ मा प्रथम उपाध्यक्ष लिलाराम गौतमको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली व्यवसायीको घरदैलोमा खटिएको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)