इमरान खानकी बहिनी गिरफ्तार
barnanmedia.com · Mon Sep 21 01:06:07 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानुमलाई पक्राउ गरिएको छ। लाहोर प्रहरीले आइतबार अलिमालाई नियन्त्रणमा लिएको हो। त्यसपछि उनलाई कोट लखपत जेल पठाइएको छ।
इमरान खानको पार्टी पीटीआई (पाकिस्तान तहरिक-ए-इन्साफ) ले ठुलो विरोध प्रदर्शनको तयारी गरिरहेको बेला उनकी बहिनीलाई गिरफ्तार गरिएको हो। पार्टीले जेलमा परेका इमरान खानको रिहाइको माग गर्दै मार्च २७ मा मार्च गर्ने घोषणा गरेको छ। अलिमाले मार्चको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)